अमेरिकाको लास भेगसमा गोलीकाण्ड: मारिनेहरुको संख्या कम्तीमा ५०पुग्यो

अमेरिकाको लास भेगसमा गोलीकाण्ड: मारिनेहरुको संख्या कम्तीमा ५०पुग्यो
समाचार

अमेरिकाको लास भेगसमा भएको गोलीकाण्डमा मारिनेहरुको संख्या कम्तीमा ५० पुगेको अधिकारीहरुले बताएका छन्।

एउटा सांगीतिक कार्यक्रम चलिरहेका बेला नजिकैको होटलको ३२औं तलाबाट बन्दुकधारीले गोली चलाउँदा दुई सय जनाभन्दा बढी घाइते भएको बताइएको छ।

आक्रमणकारी स्थानीय ६४ वर्षीय स्टेफेन प्याडोक भएको प्रहरीले जनाएको छ।

बन्दुकधारीलाई प्रहरीले गोली हानी मारिदिएका छन्।

अमेरिकी इतिहासमा यो सबैभन्दा भयानकमध्येको एक गोलीकाण्ड हो।

बन्दुकधारी कुनै लडाकु समूहसँग आवद्ध नरहेको अधिकारीहरुले विश्वास गरेका छन्।

बन्दुकधारीसँग एक जना महिलासँगै रहेको र उनको खोजी भइरहेको बताइएको छ।

Post Comment