संयुक्त राज्य अमेरिकाका प्रमुख पार्टी इमिग्रेशन प्रणालीलाई व्यवस्थित गर्न छलफलमा छन् । सत्तारुढ पुरानो पार्टी रिपव्लिकन अनुदार इमिग्रेशन नीतिको पक्षधर छ भने डेमोक्र्याट पार्टी उदार वनाउनु पर्छ भन्नेमा उभिएको छ ।
यसमा नाबालककै हुँदा गैरकानुनी रुपमा अमेरिका आएका बालबालिकालाई फिर्ता पठाउने नपठाउने देखि मेक्सिको सिमामा पर्खाल लगाउन चाहिने रकम सम्म सहमतीका विषय भित्र परेका छन् ।
कानुन वनाउनका लागि संसदमा बिधेयक समेत पेश भएको छ । त्यही बिधेयकमा के राख्ने के नराख्ने भन्ने विषयमा प्रमुख दुई पार्टी विच सहमतीको प्रयास भईरहेको हो ।
उक्त संसदमा रहेको विद्येयकमा प्रत्येक बर्ष अमेरिकाले दिने ग्रीनकार्डको संख्या वढाउने तर, योग्यता प्रणालीका आधारमा आप्रावासी लिने उल्लेख छ । यदी यो यो पारित भयो भने डिभी चिठ्ठा मार्फत सजिलै अमेरिका आईरहेका समुहलाई भने कठिन हुने छ ।
यसले अमेरिका आई स्थायी रुपमा वसोवास र काम गर्न चाहने नेपालीलाई कम अवसर मिल्ने छ । योग्यताका आधारमा आप्रवासी लिँदा अमेरिकामा उपलव्ध नभएको दक्ष जनशक्ति भित्राउने भन्ने हो । क्यानडाले यही प्रणाली अपनाउँदै आएको छ । भारत जस्ता प्राविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने देशलाई यो विधेयक स्विकृत हुँदा फाइदा हुन सक्छ । वढी भारतीयले ग्रीनकार्ड प्राप्त गर्न सक्छन् । अहिलेको तथ्यांक अनुसार अमेरिका काम गर्दै आएका दक्ष ५ लाख भारतीय ग्रीनकार्डका पखाईमा छन् ।
भारत, चीन, मेक्सिको जस्ता देशका नागरिकलाई डिभी लटरीको सुविधा प्राप्त छैन । उक्त बिधेयकमा डिभी लटरी प्रणालीलाई पुर्णरुपमा खारेज गर्ने उल्लेख छ । डीभी लटरी मार्फत नेपाल लगायत कयौं अफ्रिकी देशका नागरिक अमेरिका आईरहेका छन् । यो अमेरिकामा स्थायी बसोवासका लागि चाहिने ग्रीनकार्ड र त्यसपछि नागरिकता लिने सबैभन्दा सजिलो मार्ग हो । अमेरिकाले डिभी मार्फत बार्षिक ५५ हजाललाई ग्रिनकार्ड दिने गरेको छ ।
ट्रम्प प्रशासनको सहमती समेत रहेको उक्त विद्येयक सेक्योरिगं अमेरिकाज फ्यूचर ऐक्टका नाममा ल्याईएको हो । कांग्रेस र सिनेटले स्विकृत र राष्ट्रपतीले हस्ताक्षर गरेपछि यो कानुन वन्छ । तर, यो विलले बार्षिक दिइने ग्रीनकार्डका संख्या वढेत्तरी गर्ने छ । यसले कुनैपनि विषयमा दक्षव्यक्तिलाई भने अमेरिका आउन सजिलो हुने छ ।
नेपालवाट पनि कयौं क्षेत्रका दक्ष व्यक्तिहरु अमेरिका स्थायी ब