करण साउँद, मुम्बई । अछामको चौरपाटी गाउपालिका वाडा नम्बर ६ दुनि देबिमान्डौ माबी लाई ६० जना बिध्यार्थी भाइ बहिनिहरुका लागि बस्ने र लेख्ने डेस्क र बेञ्च हस्तान्तरण गरियो । एक महिना अगाडि मात्र देबिमान्डौ माबी का शिक्षक चक्र बहादुर खड्का ज्यु ले सामाजिक संजाल फेसबुकमा फोटो पोस्ट गरेको देखेर म आफै लज्जित भएको थिय तेहाका राजनीति दल सं सस्थाले केही वास्था नगरेको देख्दा म आफै लागि परे र मलाई साथ सहयोग दिनु हुने विशेष गरि देब बहादुर खड्का ज्यु लगाएत सम्पुर्ण भारत को महारास्ट्रमा कामको शिलसिलामा रोजगारी गरेर आफ्नो जीवन चलाइरहनु भएका सम्पुर्ण दुनि वासी दाजु भाइ युवा साथी हरुलाइ हृदय देखि नै धन्यवाद दिन चाहान्छु ।
हामिले चाहे भने केहि पनि असम्भव छैन भन्य कुरा यो महान कार्यले देखाइ सकेको छ अबका आउदो दिन हरुमा पनि हामी आफ्नो गाउँ ठाउको बिकास र शिक्षा लाई मध्यनजर गर्दै अझै सस्क्त ढङ्गले लागि पर्ने छौ। हामि युवाहरुलाइ कुनै रहर थियन बाध्यता हो यो अर्काको देशमा भासिएर काम गर्न ।टाढा भए पनि हामिले सकेजती गरिनै रहेका छौ र गरिनै रहने छौ । अबको दिन हरुमा युवापुस्तालाइ गाउँ टोल शिक्षा मा बढी ब्यान दिनु जरुरी छ किनकी गाउको बिकास गर्ने भनेकी नै युवा हरुले हो ।अन्त्यमा धनगढी देखि अछाम सम्म पुगाउन धेरै मेहनत गर्नु हुने भान बहादुर खड्का ज्यु लाइ धेरै धेरै धन्यवाद दिन चाहान्छु । अबको आउदो दिन हरुमा बिद्यालयको यस्तो नराम्रो खबर सुन्न नपरोस् ।
युवा समाजसेवी प्रेम बहादुर खड्का हाल मुम्बई