कोलोराडोमा देउसी भैलो कार्यक्रम हुने

कोलोराडोमा देउसी भैलो कार्यक्रम हुने
समाचार

नेपालीहरुको महान पर्व तिहारको अबसरमा कोलोराडोमा देउसी भैलो कार्यक्रम हुनेभएको छ ।

नेपाली संस्कृती , परम्पराको संरक्षणका लागी नेपाली घर र लङमन्ट हिमालयज लायन्स क्लवले संयुक्त रुपमा देउसी भैलो कार्यक्रम–२०१८ आयोजना गरेका हुन् ।

नोभेम्बर ४ तारिखका दिन २१३० मेन स्ट्रीट लङमन्ट स्थित एभरेष्ट रेष्टुरेण्टमा साँझ ५ देखी ९ बजे सम्म कार्यक्रम हुने आयोजक संस्थाले जनाएको छ ।

अघिल्ला वर्षहरुमा नेपाली घरले यो कार्यक्रम गर्दै आइरहेको थियो भने यसवर्ष लङमन्ट हिमालयज लायन्स क्लव समेत जोडिएको छ ।

Post Comment