ट्रम्पले भने : योग्य मानिस मात्र आऊन् अमेरिका

ट्रम्पले भने : योग्य मानिस मात्र आऊन् अमेरिका
समाचार

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सीमामा पर्खाल बनाएपछि मात्र अवैध प्रवासी र लागूऔषधलाई देशमा भित्रिनबाट रोक्न सकिने बिहीवार बताएका छन् ।

अनि मानिसहरू योग्यताको आधारमा मात्र अमेरिका आउनुपर्ने उनको भनाइ छ । ट्रम्पले आप्रवासन प्रस्तावमा रिपब्लिकन नेता र प्रशासनिक अधिकारीसँगको बैठकमा यो कुरा भनेका हुन् ।

ट्रम्पले भने, ‘योग्यताका आधारमा मानिस आऊन् भन्ने हाम्रो चाहना हो । देशका कम्पनीलाई अघि बढाउन सफलतापूर्वक सहायता गर्ने मानिस हामी चाहन्छौं । हामीलाई साँच्चिकै चाहिएको मानिस हामीसँग टन्नै छन् । अहिले देशमा न्यूनतम बेरोजगारी दर छ ।’

ट्रम्पले अमेरिकामा अवैध आप्रवासीलाई रोक्नका लागि सीमामा पर्खाल बन्नैपर्नेमा जोड दिए । उनले भने, ‘हामीले पर्खाल बनाउनैपर्छ । स्टीलको ब्यारिकेड हुनुपर्छ । यसलाई बनाइएको पनि छ ।’

Post Comment