नेपाली समुदायका अगुवा, समाजसेवी , प्रध्यापक डा. बिष्णुबहादुर श्रेष्ठको निधनमा दुःख व्यक्त गर्दै कोलोराडोमा आज श्रद्धाञ्जली सभा सम्पन्न भयो ।
कोलोराडोको गोल्डन निवासी श्रेष्ठको मस्तिष्क पक्षघात भई उपचारको क्रममा ७९ बर्षको उमेरमा गत आईतबार बिहान निधन भएको थियो । उनले नेपाली समुदायमा दिएका योगदानको उच्च मुल्या¨कन गदै यहा रहेका सबै नेपाली संघ संस्थाको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।
कार्यक्रमको शुरुमा श्रेष्ठको संझनामा एक मिनेट मौन धारण गर्दै कार्यक्रम आगाडी बढाईएको थियो । कार्यक्रममा उपस्थित सबैले उनको तस्विरमा फुलका गुच्छाहरु चढाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।
त्सपछी कार्यक्रममा सहभागी संघ संस्थाका प्रतिनिधी समाजसेवी तथा बुद्धीजिवीहरुले डा.श्रेष्ठले नेपाली समुदायमा दिएका योदानको चर्चा गरेका थिए । उनिहरुले नेपाली समाजको एक अमुल्य रत्न गुमेको धारण व्यक्त गरेका थिए ।
वक्त्ताहरुले श्रेष्ठले देखाएका सपनाहरु पुरागर्न सकेमात्र उनी प्रति सच्चा श्रद्धाञ्जली हुने भन्दै दिबंगत आत्माको चिर शान्तिको कामना गरेका थिए । बृद्ध अवस्थामा पनि नेपाली कार्यक्रम भनेपछी जहा , जुनसुकै बेला पनि उपस्थित भई सहयोग, सल्लाह र सुझाव दिन पछि नपर्ने श्रेष्ठको निधनले कोलोराडो नेपाली समुदायमा ठुलो क्षती पुगेको सबैको भनाई रहेको थियो ।
१९४० मा नेपालको तेहथुम जिल्लामा जन्मेका श्रेष्ठ अध्यानको शिलशिलामा अमेरिका आई सन् १९८२ मा यूनिभर्सिटी अफ मिनीसोटाबाट पीएचडी गरेका थिए । पीएचडी गरेर केही समय सोही यूनिभर्सिटीमा अध्यापन पश्चात व्यपार व्यवसाय गर्ने उद्धेश्यले कोलोराडो आई बसोबास गर्न थालेका थिए ।
अत्यन्त मिलनसार , सरल, मृदुभाषी श्रेष्ठ कोलोराडोमा नेपाल र नेपाली समुदायको पहिचाहनकोलागी आजिवन सकृय रहे । गत बर्षमात्र नेपाली सामुदायिक भवन निर्माणकोलागी नेपाली घरको संयोजनमा अयोजित श्रीमद् भागवत् सप्ताह महायज्ञमा अहोरात्र खटेर सफल बनाउन सहयोग गरेका श्रेष्ठ पुराण व्यावस्थापन अध्यक्ष मण्डलका सदस्य रहेका थिए ।
सधै नेपाली समुदायको हकहितकालागी अग्रसर श्रेष्ठ कोलोराडो स्थित नेपालीहरुको सबैभन्दा पुरानो संस्था रकी माउन्टेण्ड फ्रेण्डस् अफ नेपालका संस्थापक, नेपाली घरका बरिष्ठ सल्लाहकार, संखुवासभा समाज अमेरिका , नेःवा खल र प्रवासी नेपाली मन्च कोलोराडोको सल्लाहकार रहेका थिए ।