ट्रम्पसँग भेट्न पुटिन तयार

ट्रम्पसँग भेट्न पुटिन तयार
समाचार

जी–ट्वन्टी सम्मेलनको अवसरमा अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पसँग भेट्न रुसी राष्ट्रपति भ्लादमिर पुटिन तयार भएको बताइएकाे छ। तर, यस सन्दर्भमा अमेरिकी पक्षबाट औपचारिक प्रतिक्रिया नआएको रूसी प्रशासन केन्द्र क्रेमलिनले मङ्गलबार जनाएको छ।

रूसी समाचार संस्था ‘आरआए नोभोस्ती न्यूज एजेन्सी’ले रूसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेश्कोभलाई उद्धृत गरी भनेको छ, ‘यदि दुई मुलुकका राष्ट्रप्रमुखबीचको भेटको पहल हुन्छ भने रूसी राष्ट्रपति यसका लागि खुसी साथ तयार हुनुहुनेछ। साथै, युरोपको उर्जा सुरक्षाका विषय पनि छलफलका एजेन्डा हुनेछन्।’

उनले दुई मुलुकका राष्ट्रपतिको भेट व्यवस्थाका लागि हालसम्म कुनै विशेष कदम नचालिएको स्पष्ट पारे। प्रवक्ता पेश्कोभले भने, ‘हामीलाई अहिलेसम्म जापानमा आगामी महिना हुने जी–ट्वन्टी सम्मेलनमा पुटिन र ट्रम्पबीच छलफल हुने वा नहुने कुनै औपचारिक सूचना प्राप्त भएको छैन।’

यस पहिले आएका रूसी सञ्चार माध्यमहरूको रिपोर्टमा जापानमा हुने जी–ट्न्वन्टी सम्मेलनमा पुटिनले रूस अमेरिकासँग वार्ता र छलफलका लागि तयार रहेको बताएका सङ्केत गरिएको थियो।

Post Comment