महरामाथि यौन दुराचार आरोप लगाउने महिलाका श्रीमानको आयो बयान

महरामाथि यौन दुराचार आरोप लगाउने महिलाका श्रीमानको आयो बयान
समाचार

सभामुख कृष्णबहादुर महरामाथि यौन दुराचार आरोप लगाउने संसदकी कर्मचारीका श्रीमानसँग काठमाण्डुटुडेले कुराकानी गरेको छ ।

सम्भवतः सभामुखमाथि आरोप लागेपछि यो सञ्चार माध्यममा उनको पहिलो प्रतिक्रिया हुनुपर्छ । उनीसँग गरेको कुराकानी जस्ताको तस्तै ।

म कामको सिलसिलामा तनहुँतिर आएको थिएँ । घटनाबारे केही थाहा थिएन । कसैले केही पनि भनेनन् । ‘मेडम’ श्रीमतीले पनि केही भनिनन् । आज (मंगलबार) बिहान काठमाण्डुबाट एकजना पत्रकारले फोन गरेर सोधेपछि मात्र थाहा पाएँ । त्यसपछि मेडमलाई फोन गरें । फोन स्वीच अफ रहेछ । काठमाण्डु आउँदैछु । आएर सबै कुरा बुझ्नुपर्ला । यतिबेलासम्म सभामुखज्यू र उहाँको सचिवालयका तर्फबाट पनि मलाई सम्पर्क गरिएको छैन । मेडमलाई डिप्रेशन थियो । उनले औषधि खाँदै आएकी थिइन् । केही समयअघि छाडिन् । करिब डेढ वर्षअघि उकपटक विष सेवन गरेर आत्महत्याको प्रयास पनि गरेकी हुन् । त्यतिबेला तत्काल अस्पताल लगेर बचाइयो । अहिले एक्कासि यस्तो कुरा सुन्दा केही सोच्न सकेको छैन ।

Post Comment