चौरपाटी गाउँ पालिकाको कार्यलय वडा नम्बर ३ अछाम ।
श्रीमान अध्यक्ष ज्यु
बिषय : ध्यानाकर्षण बारे।
उपरोक्त सम्बन्धमा सन 2019 डिसेम्बर महिना चीनको हुवान शहर बाट बिश्व महामारीको रूपमा फैलिएको कोरेना कोभिड 19 ले आज बिश्व नै ठुलो संकट तथा चिन्तित बनेका देखिन्छन् । कोरेना नियन्त्रणका लागि हरेक राष्ट्रले लगातार केही महिना देखि लकडाउन गरिरहेका छन् भने खाध्यन्न बाहेक सबै प्रकारका बस्तुमा रोक लगाईएको छ।स्वदेश बाट रोजगारीको सिलसिलामा बिदेशका विभिन्न राष्ट्र लगायत छिमेकी मुलुक भारत लाई कर्मथलो बनाएर रोजगारी गर्ने नेपालीहरुको संख्या अधिक रहेको हामी समक्ष प्रष्ट नै छ।
नजिकैको छिमेकी राष्ट्र र खुल्ला सिमानाका कारण नेपालबाट काम खोज्दै भारत जाने नेपालीको संख्या अधिक देखिन्छ । करिब 40 देखि 50 लाखसम्म नेपालीहरु भारत लाई कर्मथलो बनाएर काम गर्ने गर्छन् ।23 मार्च 2020 देखि 17 मई 2020 सम्म भारतले गरेको लकडाउन बाट लाखौ नेपालीहरु भारतका हरेक राज्यमा समस्यामा पिल्सिरहेका कुरो हामी सबैलाई छर्लङ्ग नै छ। नेपाल भारत सिमा क्षेत्रमा क्वारेन्टाईनमा राखिएका नेपालीहरु आ आफ्नो घर फर्काईए पनि विशेष गरि होटेल कम्पनी र ड्राईभर क्षेत्रमा काम गर्ने नेपालीहरु बढी पीडित रहेका देखिन्छन् ।
यो जटिल परिस्थितिमा धेरै नेपालीहरु स्वदेश फर्किन चाहेक तर नेपाल भारत दुबै देशले लकडाउन गरेर जान नपाएका नेपालीहरु नै बढी समस्यामा देखिएका छन् ।कोरेना कै कारण भारत बाट स्वदेश फर्कन चाहेर पनि जान नपाएर अलपत्र अवस्थामा रहेका चौरपाटी गापा ३ अछाम घर भएका करिब ४०० देखि ५०० सय जना ब्यक्तिहरु समस्यामा रहेका छन् भने आफुहरुलाई उद्वार तथा स्वदेश फर्किने बाताबरण मिलाई दिन हुन वडा अध्यक्ष गापा अध्यक्ष प्रतिनिधि सभा सदस्य तथा नेता कार्यकर्ताहरु लाई अपिल गरेका छन् ।
तसर्थ वडा अध्यक्ष ज्यु लगायत सम्पुर्ण पदाधिकारी ज्युहरुलाई भारतमा अलपत्र तथा समस्यामा भएका नागरिकहरुलाई छिटोभन्दा छिटो घर फर्किने ब्यबस्था मिलाई दिन हुन अनरोध गरिन्छ।धन्यवाद
निवेदकहरु :
-करन साउद
-हर्क साउद
-टिकाराम आउजी
-नरेन्द्र साउद
-खडक साउद
-बिरेन्द्र साउद
-शेर ब साउद