काठमाण्डौ । झापामा पाँच रेक्टर स्केलको भूकम्पको धक्का महशुस भएकाे छ।
बिहान नौ बजेर ३० मिनेटमा झापाको बाहुनडाँगी केन्द्रबिन्दु भएर पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
नेपाल-भारत सीमा नजिक गएको भूकम्पकाे वरपर धक्का महशुस भएको जानकारी आएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो । यो पराकम्प नभएर भूकम्प नै भएको अधिकारीको भनाइ छ । बुधबार पनि धादिङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।