काठमाडौं । विगत लामो समयदेखि बस्न नसकेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को साधारणसभा बोलाइएको छ । वर्षमा दुईपटक बस्नुपर्ने सभामा डेढ बर्षदेखि बस्न नसकेकामा नयाँ उपकुलपतिको नियुक्तिसँगै यही शुक्रबार डाकिएको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए ।
त्रिविको उपकुलपतिमा गत महिना प्राडा धर्मकान्त बाँस्कोटा नियुक्त भएका थिए । यसैगरी सभामा पुनरावेदन आयोगको अध्यक्ष नियुक्ति गर्ने सम्बन्धमा प्रस्ताव पेश गरिने भएको छ । सभामा कार्यकारी परिषद्का लगि मनोनित भएका विनोद पराजुली, डा.राजेन्द्रप्रसाद पौडेल, प्राडा. रामप्रसाद खतिवडाको नाम अनुमोदन गरिने भएको छ । उनीहरुलाई त्रिवि परिषद्ले पहिल्यै नै मनोनित गरेपनि सभाबाट अनुमोदन भएको थिएन ।