हेर्दा–हेर्दै चितुवाले बालिका लग्यो, तनहुँको भानुमा बाघ नै बाघ, त्रासमा स्थानीय

हेर्दा–हेर्दै चितुवाले बालिका लग्यो, तनहुँको भानुमा बाघ नै बाघ, त्रासमा स्थानीय
समाचार समाज

पोखरा/ तनहुँको भानुमा फेरि चितुवाको आक्रमणमा परी एक बालिका घाइते भएकी छिन् चितुवाको आक्रमणबाट भानु नगरपालिका२ बजगाइटारकी सोनिया अछामी घाइते भएकी हुन्

बेलुकीको करिब ६ बजे छिमेकीको घरमा चार्जमा रोखेको बत्ति लिन जाँदा सोनियालाई एक्कासी चितुवाले आक्रमण हो नजिकै रहेका दाईले चितुवाले लादै गर्दा देखेपछि कराए र चितुवाले सोनियालाई घर भन्दा २० मीटर पर छोडेर गयो

चितुवाको आक्रमणबाट बालिकाको घाँटीको दुबै तर्फ चोट लागेको प्रहरीले जनाएको छ उनको लक्ष्मी अस्पताल डुम्रेमा प्राथमिक उपचार गरि थप उपचारको लागि चितवन स्थित चितवन मेडिकल कलेजमा लगिएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका इन्चार्ज दिपेन्द्र श्रेष्ठले बताए

प्रायःजसो साँझको समयमा घर नजिकै चितुवा आउन थालेपछि भानु १, , ३ र ४ का बासिन्दाहरु त्रासमा रहेका छन्

भानु नगरपालिकाको विभिन्न ठाउँहरमा यसअघि पनि चितुवाको आक्रमणबाट ५ जना बालबालिकाको मृत्यु भईसकेको छ यो नवौं आक्रमण हो ४ जना बाँच्न सफल भएका छन्

Post Comment