लुम्बिनीमा मायादेवी मन्दिरको दक्षिणतर्फ महिलाको शव भेटियो

लुम्बिनीमा मायादेवी मन्दिरको दक्षिणतर्फ महिलाको शव भेटियो
समाचार समाज

रुपन्देही । लुम्बिनीमा एक महिलाको शव भेटिएको छ । आज दिउँसो ३ बजे मायादेवी मन्दिरको दक्षिणतर्फ पुरानो इलाका प्रहरी कार्यालय भवन नजिकै अन्दाजी ५० वर्षीया महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । शव सडेको अवस्थामा रहेको हुँदा सनाखत हुन नसकेको उनले बताए ।

Post Comment