कोरोना भाइरसविरुद्द लड्न फुटबलर रोनाल्डोले आफ्नो होटेललाई अस्पताल बनाउने, बिरामीहरुको सम्पूर्ण खर्च पनि आफैं व्यहोर्ने

कोरोना भाइरसविरुद्द लड्न फुटबलर रोनाल्डोले आफ्नो होटेललाई अस्पताल बनाउने, बिरामीहरुको सम्पूर्ण खर्च पनि आफैं व्यहोर्ने
समाचार समाज स्वास्थ्य

लिस्बन । पोर्चुगलका चर्चित फुटबल स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्नो होटेललाई अस्पताल बनाएका छन् । विश्वभरि फैलिरहेको कोरोना भाइरसको विरुद्दमा लड्नका लागि होटललाई अस्पतालमा परिणत गर्ने भएका हुन् ।

कोरोना विरुद्धको लडाईंमा सहयोग गर्नका लागि रोनाल्डोले पोर्चुगलमा आफूले स्थापना गरेका होटेलहरुलाई अस्पतालमा परिणत गर्ने घोषणा गरेको स्पेनी खेलकुद अखबार मार्काले जनाएको छ ।

उनको होटेल पेस्ताना सीआर ७ होटेललाई अस्पतालमा परिणत गरेपछि निशुल्क रुपमा उपचार गराउने समेत बताएका छन् । रोनाल्डो आफैं अहिले पोर्चुगलको मेडेइरा टापुमा क्वारेन्टाइनमा बसिरहेका छन् । अहिले उनि जुभेन्टसबाट खेल खेल्दै छन् ।

Post Comment