काठमाडौं– नेपाली सेना र चीनको जनमुक्ति सेनाले प्रयास गरेपनि अन्ततः भारतीय दवाबमा संयुक्त सैन्य अभ्यास संयुक्त सैन्य तालिममा परिणत भएको छ। सेनाले दुवै देशबाट एउटा सैनिक गणको सहभागितामा करिब एक महिना लामो अभ्यासको तयारी गरेको थियो। सो समय पनि छोट्याएर दुईसाता लामो तालिममा परिणत भएको छ।
‘पहिला संयुक्त सैन्य अभ्यास गर्ने भनेर तयारी गरिएको थियो। अहिले अदृश्य दवाबका कारण अभ्यास तालिममा परिणत हुन पुगेको छ’, सैनिक स्रोतले भन्यो। चीनसँगको सम्बन्धमा मात्र नभई नेपाली सेनाभित्र पनि यसले सकारात्मक सन्देश नगएको उनले बताए।
नेपाली सेना र चीनको जनमुक्ति सेनाको संयुक्त सैन्य तालिम ‘मित्रता सगरमाथा–२०१७’ काठमाडौंमा जारी छ।
शक्ति केन्द्रको चलखेलमा पूर्वनिर्धारित कार्यक्रमको ढाँचा परिवर्तन भएको नेपाली सेनाको उच्च स्रोतले बतायो। ‘पहिला संयुक्त सैन्य अभ्यास गर्ने भनेर तयारी गरिएको थियो। अहिले अदृश्य दवाबका कारण अभ्यास तालिममा परिणत हुन पुगेको छ’, सैनिक स्रोतले नागरिकन्युजसँग भन्यो। चीनसँगको सम्बन्धमा मात्र नभई नेपाली सेनाभित्र पनि यसले सकारात्मक सन्देश नगएको उनले बताए।
भारतले पुष्पकमल दाहाल सरकारलाई नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यास रद्द गर्न बारम्बार दवाब दिँदै अाएको थियो। चैत ९ गते चिनियाँ रक्षामन्त्री चाङ वान क्वानको नेपाल भ्रमणमा अाएपछि नेपाली सेनाले दुई देशबीचको संयुक्त सैन्य अभ्यास मिति तय भएको थियो। उच्च सैन्य अधिकारीका अनुसार महाभूकम्पमा मानवीय उद्दार र सहयोगमा आएको चिनियाँ सैनिक टोलीले नेपाली सेनासँग संयुक्त सैन्य अभ्यासका लागि औपचारिक चासो राखेको थियो।
सेनाले उक्त चिनियाँ चासोको बिषय रक्षा मन्त्रालयमार्फत् सरकारसम्म पुर्याएको थियो। दुई वर्षभन्दा लामो प्रयासमा सैन्य अभ्यास हुन लागेका बेला अन्ततः त्यसलाई विफल पार्न भारतले दिएको दवाबमा सरकार झुकेको हो।
भारतको दवाबमा नेपाली सेनासँगको संयुक्त अभ्यासलाई तालिममा परिणत गरिएकोप्रति चिनियाँ पक्षले असन्तुष्टि जनाएको छ। चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले खुलेरै भारतीय दवाबमा गण स्तरीय संयुक्त सैन्य अभ्यास सानो तालिममा परिणत भएको उल्लेख गरेको छ। चिनियाँ पक्षले करिब एक सयको संख्यामा आफ्ना सेना र नेपाली सेनाबीच संयुक्त सैन्य अभ्यासको प्रस्ताव गरेको थियो।
नेपाली पक्ष सुरुमा यो प्रस्तावमा सहमत भएको थियो। सत्ता समीकरण परिवर्तन भएर पुष्पकमल दाहाल सरकार बनेपछि अभ्यास गर्ने/नगर्ने बिषयमा सरकार र नेपाली सेना भित्रै मतभेद सुरु भएको थियो। सेनाका केही जर्सापहरु चिनियाँ सेनासँग संयुक्त अभ्यास गर्नु नहुने पक्षमा देखिएका थिए। त्यसपछि संख्या घटाएर चिनियाँ जनमुक्ति सेनाका करिब ३२ जना र सोही अनुपातमा नेपाली सेनाको सहभागितामा तालिम भइरहेको छ।
सेनाले उक्त चिनियाँ चासोको बिषय रक्षा मन्त्रालयमार्फत् सरकारसम्म पुर्याएको थियो। दुई वर्षभन्दा लामो प्रयासमा सैन्य अभ्यास हुन लागेका बेला अन्ततः त्यसलाई विफल पार्न भारतले दिएको दवाबमा सरकार झुकेको हो।
नेपाली सेनाले भने सहभागी संख्या र दर्जा भने खुलाएको छैन। नेपाल र चीनबीच जारी पहिलो तालिम प्रतिआतंकबाद कारवाहीमा केन्द्रित रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दियो। नेपाली सेना र भारतीय सेनाबीच अभ्यास सूर्य किरण हुँदै आएको छ। यस्तै अमेरिकी सेनासँग ब्यालेन्स नेल र ब्यालेन्स टेल नामक संयुक्त सैन्य अभ्यास हुँदै आएको छ।
विश्व शक्ति राष्ट्रको रुपमा अमेरिकासँग पनि तालिम हुँदै आएको छ। भारतले चीन र अमेरिकासँग छुट्टाछुट्टै रुपमा संयुक्त सैन्य तालिम गर्दै आएको छ ।
‘विश्वकै ठुलो रक्षा बजेट भएको र प्रविधियुक्त सेनासँग हुने संयुक्त सैन्य तालिमको फाईदा नेपालले लिन सक्नुपर्छ, यसले रक्षा कुटनीतिलाई बिस्तार गर्न समेत सघाउने छ,’ भट्टले भने । तालिम बैशाख १२ मा समापन हुनेछ ।