अमेरिकाको एनापोलिस राज्यको राजधानी मेरील्याण्डमा बिहिबार दिउँसो एक पत्रिकाको न्यूजरुममा अन्धधुन्ध गोलीबारी हुँदा पाँचको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।
पुलिसका अनुसार गोली चलाउने एक संदिग्धलाई पक्राउ गरिएको छ ।
क्यापिटल ग्याजेट नामक पत्रिकाको अफिसमा हमला हुँदा त्यहाँ थुप्रैको उपस्थिती थियो ।
एक संवाददाताका अनुसार बन्दुकधारीले सिसाको ढोकालाई निशाना बनाए जस पछाडि थुप्रै कर्मचारी काम गरिरहेका थिए ।
पुलिसका अनुसार पक्राउ परेका संदिग्ध बन्दुकधारीसँग सोधपुछ गरिँदै छ ।
क्यापिल ग्याजेट एक दैनिक पत्रिका हो जसको डिजिटल वेबसाइट पनि छ । यो बाल्टिमोर सन मिडिया ग्रुपसँग सम्बन्धित छ ।
प्रहरीले उनले ठूलो आकारको बन्दुकको प्रयोग गरेको जनाएका छन् तर विस्तृत विवरण दिएका छैनन्।
प्रहरीले घटनास्थल आसपासमा विस्फोटक समग्री जस्तो देखिने बस्तु फेला पारेको र त्यसलाई निस्क्रिय पारेको उल्लेख गरेको छ।
अन्य व्यापारिक कार्यालयहरूसमेत रहेको उक्त भवनबाट १७० जनालाई उद्धार गरिएको बताइएको छ।
वासिङटन डीसीबाट पूर्वमा पर्ने अखबारको कार्यालयमा गोली चलेको समयमा रहनु युद्ध क्षेत्रमा फस्नु जस्तै भएको उनले उल्लेख गरेका छन्।