काठ्माण्डौ । बिल्कुलै नौलो लोकदोहोरी गित दागबत्ती सल्किँदा यतिबेला बजारमा छ । टिन एजमा हिड्दै गरेका सिन्धुपाल्चोके ठिटो दिनेश भण्डारीको पहिलो प्रस्तुती रहेको यस गितमा प्रेममा बिछोड हुदाको क्षण प्रस्तुत गरिएको गायक दिनेश भण्डारीले बताएका छन । सर्जक महेश नेपालको मीठो लय र दिनेश भण्डारीकै मनछुने शब्दमा तयार भएको गितमा गायक भण्डारीलाई गायिका ईन्दीरा गिरिले साथ दिएकी छिन । गित सुसेली म्युजिक मार्फत बजारमा आएको हो । गितको म्युजिक भिडियोमा गौतम पोख्रेल र सोनिया ठकुरीले जिवन्त अभिनय गरेका छन।