सोनाम ल्होछार मनाइयो

समाचार

चापागाउँ (ललितपुर), २५ माघ । ललितपुुरमा बसोबास गर्ने तामाङहरूले दुई हजार ८५१ सोनाम  ल्होछार( ल्हुक) शनिबार गोदावरीमा मनाएका छन् ।

नेपाल तामाङ युवा धेदुङ ललितपुरको आयोजनामा ल्होछारका अवसरमा गरिएको वनभोज तथा साँस्कृतिक कार्यक्रममा यहाँ बसोबास गर्ने तामाङहरू आफ्नो वेशभूषामा उपस्थित थिए ।

सो अवसरमा सभासद् मदनबहादुर अमात्यले सबै जातजातिको मौलिक अधिकार सुनिश्चित गर्न र संस्कृतिलाई जोगाई नयाँ उचाइमा पु¥याउन ल्होछारले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । सभासद् रेशम लामाले कुल जनसङ्ख्याको ३७ प्रतिशत जनजाति रहेकामा तामाङहरूको उल्लेखनीय सङ्ख्या रहेको बताउनुभयो ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव धनबहादुर तामाङले तामाङहरू विश्वको कुनै पनि स्थानमा बसोबास गरे पनि आफ्नो मौलिकतालाई जोगाइराख्न आ–आफ्नो ठाउँबाट पहल गरिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल तामाङ घेदुङका महासचिव कुमार ब्लोन र केन्द्रीय सदस्य रामकृष्ण लामाले अब बन्ने संविधानमा तामाङ समुदायको अधिकारलाई सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो  । रासस

Post Comment