दवाडी क्यालिफोर्निया सनफ्रान्सिस्को तथा अमेरिकाको पश्चिम क्षेत्रका लागि पर्यटन दूत नियुक्त

समाचार
timthumb
क्यालिफोर्निया, साउन १६

नेपालमा पर्यटन प्रवर्धनका लागि सरकार र  नीजि क्षेत्रको सहकार्यमा स्थापना भएको पर्यटन  बोर्डले दवाडीलाई गत जुलाई ८, २०१६ देखि लागू हुने गरी दुई वर्षका लागि पर्यटन दूत नियुक्त गरेको हो ।

यो अवैतनिक पद हो । नेपालमा पर्यटन आगमन वढाउन, सकरात्मक प्रचार प्रसारका लागि पर्यटन बोर्डले विदेशका विभिन्न शहरमा पर्यटन दूत नियुक्त गर्दै आएको छ। आफ्नो नियुक्ती प्रति सरकार र वोर्डलाई धन्यवाद दिदैं दबाडीले यो जिम्मेवारी प्रभावकारी रुपमा पुरा गर्ने दावी गरेका छन्।

नेपालमा र अमेरिकामा गरी २५ वर्ष भन्दा बढी पर्यटन (ट्राभल एजेन्सी) तथा नेपाली हस्तकलाका सामानहरु निर्यातको अनुभव रहेको र विभिन्न सामाजिक संघ-सस्था हरुमा नेतृत्वदायी भूमिका निर्भाह गरेका नर्दन क्यालिफोर्नियाको पुरानो सामाजिक संस्था नेपाली यस्सोसियसन अफनर्दन क्यालिफोर्नियाको भुतपूर्व-प्रेसिडेन्ट तथा यन आर यन अमेरिकाको वर्तमान सल्लाहकार श्री दबाडी अमेरिकी नेपाली समुदायमा एक अनुभवी र परीपक्व व्यक्तित्व हुन्।