डोल्पामा धुमधामका साथ छोरा तिहार मनाइयो

समाचार

डोल्पा, ८ पुस । डोल्पामा आज धुमधामका साथ निधारमा टीका जमरा तथा भैलो खेलेर छोरा तिहार मनाइएको छ ।

हरेका वर्ष पुष महिनाको शुक्ल पक्ष द्वितीया तिथिको दिनमा डोल्पामा प्रत्येक घरघरमा आमाले छोरालाई टीका लगाई आर्शिवाद दिने र छोराले सक्दो दक्षिणा दिएर देउसी भैलो खेल्ने गरिन्छ ।यो देउसीलाई भैलो भनेर सम्बोधन गरिने र भाइटीकाको देउसीभन्दा छुट्टै शैलीमा खेलिन्छ ।

परापूर्वकालदेखि नै पुस महिनामा छोरा तिहार मनाउने चलन रहेको स्थानीय नन्दसिंह थापाले बताउनुभयो । रासस

Post Comment